अध्यक्षको मन्तव्य-पूर्वाञ्चल खरेल प्रवर्द्धन समिति कोटीहोम (2069 )
अध्यक्षको मन्तव्य (2069)
कुनै पनि थरका समुदायको उत्पत्ति र उपलब्ध भएसम्मको पूर्खाहरुदेखि अहिलेसम्मका पिंढीहरुको क्रमबद्ध नाम संकलन गरी लेखिएको दस्तावेजलाई वंशावली...
नया कार्यसमिती शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न (2082-08-16)
वार्षिक साधारणसभा तथा कार्यसमिति गठन प्रक्रिया सम्पन्न (2082-8-7 र 13)
१.) यस बंशावलीमा पानको पात भित्र नाम लेखिएको छ। त्यसमा जोडेर राखेको पात श्रीमान श्रीमती हुन् । विवाह नगरेको भाइ वा दाजुलाई खुवाएर मात्र राखेको छ। छोरीलाई जोडेर राखेको छ ।
२.) एक परिवारमा मूलीको मात्र ठेगाना, पेज नं. पुर्खा नं, मो.नं. लेखिएको छ ।
3.) फोटो राख्दा मूलीबाट सुरु गरी मूलीको नाम, ठेगाना, पेज नं, पुर्खा नं मात्र लेखिएको छ । श्रीमती वा छोरा छोरीको मुनि मोबाइल नं लेखेको छ, अरु छोरा, छोरी, नाती नातीनीहरुको नाम मात्र लेखिएको छ।
४.) प्राय गरी एक परिवारको फोटो क्रमश एकै ठाउँमा राखिएको छ। पेज भित्र नआटेको मात्र अर्को पेजमा राखेको छ...
(१) नववर्ष- वैशाख १ गते, (२) असार १५ दही चिउरा खाने, रोपाई गर्ने) (३) साउने संक्रान्ती, १ गते (४) जनाई पुर्णीमा-रक्षावन्धन (५) तिज, दर खाने, व्रत बस्ने (६) नौरथादेखि पूजाआजा, दशमीदेखि टिका पुर्णीमासम्म (७) तिहार-पञ्चक वा पाँच दिन, (८) दिवाली/कुल पूजा (९) माघे संक्रन्ती (१०) चैते दशै (रामनवमी)
कुलपूजा/दिवालीको विषयमा केही भन्न मन लाग्यो। हामीले परम्परा देखी गरी ल्याएको दिवाली प्रत्येक तीन वर्षको धान्यपुर्णीमा देखी पाँच दिन अघि पछि गरीने पूजा, यसमा बलीगर्ने परम्परा थियो । आज २१ औ शताब्दीमा हत्या, हिंसा गर्नु अपराध हो भन्ने मान्यता अनुसार कृतिले कोरीपूजा गर्न थाले, यो ठिक हो। तर आफु चाहिं...
पूर्व नेपालको पाँचचर जिल्ला ओयाम गाउँमा सम्वत् १९६३ फागुन २७गते पिता ब्रह्मलाल र माता ईश्वरादेवीको तेस्रो सन्तानको रुपमा अग्निप्रसाद खरेलको जन्म भएको थियो। वहाँको प्रारम्भिक शिक्षा साथै ज्योतिष शास्त्रको शिक्षा बाहिरबाट ल्याइएका गुरुबाट घरमै भएको थियो। ज्योतिष शास्त्रको माध्यमबाट धन कमाउने उद्देश्यले अग्निप्रसाद सिक्किम हुँदै असम र बर्मा पुग्नुभयी। वर्मापछि काशीमा आई जमेर बस्न थाल्नुभयो । काशीमा वहाँले धन आर्जनका विविध ज्ञान आयुर्वेद, तन्त्र साधना आदिको प्रयोग गरी मनग्गे धन आर्जन गर्नुभयो। साथै वहाँले विभिन्न पुस्तकहरु (ज्योतिषी सम्बन्धी) लेख्नुभयो ।
वि.सं. १९९७ शहीद पर्वको घटनापछि नेपाली राजनीतिक सोच र योजनाहरु विचलित हुन पुगे । अग्निप्रसाद खरेलले पनि राणा...
वी.पं.दुर्गाप्रसाद खरेल पाँचथर जिल्लाको बोयाम गा.वि.स. मा पिता पद्मलाल र माता चन्द्रमाया खरेलका जेष्ठ पुत्ररत्नका रुपमा जन्मनुभएको थियो । वाल्याजवस्थादेखी नै उहाँ चन्चले र जिज्ञासु स्वभावको हुनुहुन्थ्यो। उहाँको वाल्यकाल घर, खेत र गोठमा नै वित्यो । उहाँले पढ्ने मौका पाउनु भएन । जवान भएपछि घरबाट भागेर ज्योतिष साथै अन्य पौराणिक शिक्षा पढ्नुभयो। खेतिपातिको काम सकेर सिक्किम, दार्जीलिङ्ग गएर जन्मकुण्डली हेदहिदै ज्योतिषका धुरन्धर विद्वान भनी भारतका विभिन्न शहरहरुमा नाम एवं सुवास चल्दै गयो ।
ज्योतिष हेरेर कमाएको आम्दानीको दशांश हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्ने अठोट गरि सिक्किमबाट शिक्षक ल्याएर २००८ सालमा प्राइमरी स्कूल खोली शिक्षाको ज्योति छर्ने काममा सक्रिय भएर लाग्नुभयो...
श्री गणेशाय नमः ॥
ॐ स्वस्ति ॥ काभ्रे पलाञ्चोकबाट शैवेश्वरका छोरा २ मध्ये धर्मानन्द खरेल आडमुङ वस्न पुगे। यिनैको वंशमा कृष्णलाल र ललितादेवीका कोखवाट जन्मदै दाहिने तिघ्रामा सेतो छाप र दाहिने कुहिनो माथि त्रिशुल चिन्हसहितका लिक्षण बालकको १९३८ असार १५ तिख्य नक्षत्र, कर्कट राशि, विहीबारमा हुर्दुलालको जन्म भयो । उहाँ १३ वर्षको हुँदा १९५१ कार्तिक बेतेनी गोठमा प्रथम कम्पन भइ पन्चकन्या देवीको उत्पत्ति भयो । त्यसपछि दैविक शक्ति प्राप्त धामी नामले चिनिनु भयो ।
तत्पश्चात् र्दुलालका कामहरु अद्भुत हुँदै आएपछि १९५४ मा सबै बन्धु भेला गराएर पहिलो कूलपुजा जगतमा भयो । १९५७ सालमा नेवार गाउँमा...
मिति २०६९ साल आषाढ २० गते बुधबारका दिन आदरणीय यादव खरेलज्यूको आँगनमा वशिष्ठ गोत्रीय खरेल समाजका स्रोत व्यक्तित्व र प्रतिनिधिहरु समेतको उपस्थितिमा खरेल प्रवर्द्धन, खरेल समाजको वंश वृक्ष आदिपुरुषको पहिचान गरी वंशावली प्रकाशन कार्यमा आपसी एकता, सद्भाव र आचार संहिता निर्माण गरी निरन्तर अगाडि बढ्न प्रेरणादायी ऐतिहासीक कार्य हुने विश्वास र आधारको जग स्थापना भएको अनुभूति गरेका छौ । वशिष्ठ गोत्रीय खरेल बन्धुहरुको एउटै वंशावली बनाउने निर्णय गरेका छौ।
उपस्थितिः
१) यादव खरेल - काभ्रे, खरेलचोक
२) केशवराज खरेल - काभ्रे, फलाँटे
३) सुवास खरेल - काभ्रे, फलाँटे
४) कमल खरेल - काभ्रे, खरेलचोक
५)...
१.) श्रीमती पवित्रादेवी (खरेल) सिटौला-महारानी झोडा (श्रीमान स्व. भक्तिप्रसाद सिटौला को स्मृतिमा) वडा नं ४ बाट श्रवण हल निर्माण गरिदिनु भयो।
२.) संस्थाको संस्थापक सदस्य स्वर्गीय भूमिप्रसाद खरेलको स्मृतिमा श्रीमती विजयालक्ष्मीद्वारा यज्ञ मण्डप मन्दिर निर्माण गरिदीन् भयो।
३.) यस संस्थाका संस्थापक अध्यक्ष हाल संरक्षक सदस्य) श्री परमानन्द खरेलज्यूबाट व्याशासन मन्दिर निर्माण गर्नुभएको छ।
४.) यस सस्थाका सह-सचिव श्री भिष्म खरेलज्यूबाट माथिल्लो तलाको १ कोठा अतिथि कक्ष निर्माण गर्नुभएको छ ।
५. सदस्य कुलप्रसाद खरेलज्यूबाट पाकशाला विस्तार गरीएको छ।
६.) सदस्य श्री पं. गंगाप्रसाद खरेलज्यूबाट मूलमन्दिरको अघिल्तिर, गणेश र हनुमानको शालिक निर्माण गर्नुभएको छ ।
७.) टीकाराम खरेलज्यूबाट हारमोनियम प्रदान...
Bansawali Digitalization
वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिती
कन्काई नगरपालीका - , कोटिहोम, झापा
आज भन्दा करिव २०० वर्ष पहिले हाम्रा च्याब्जू धर्मानन्द खरेल काभ्रेपलाञ्चोकबाट आठराई कालिपामा केही वर्ष बसी पछि पाँचथर जिल्लाको अमरपुर गा.वि.स. ८ आङबुङ्गमा बसोवास गर्नुभयो ।
त्यहीं उहाँका ५ भाइ छोराहरु भए। ती पांच भाइका सन्ताहरु नेपालको विभिन्न भागमा, भारतको बंगाल, असम, मनिपुर, सिक्किम, भूटान र अन्य मूलुकमा समेत बसोबास गर्दै आएका छन् । स्वदेश र विदेशमा रहेका खरेल बन्धुहरुको नामावली संकलन गर्न ज्यादै कठीन र चुनौतीपूर्ण हुँदोरहेछ । आमा, छोरी, बुहारीको पनि वंशावलीमा नाम राख्नु आवश्यक देखिएको हुदा सो समावेश गर्दा यो वंशावली निकाल्न केही ढिलो भएको छ । प्राप्त भएसम्म फोटा पनि राखिएको छ। यो बंशावलीमा पुर्खा नजोडिएका...
वशिष्ठ गोत्रिय खरेल (खऱ्यालाहरु आल्मोडा कुमाञ्चल पश्चिम चौरहरिया (खारीप्रदेश) बाट जुम्लाको सिंजामा ११८० तिर नागवंशीय आदीपुरुष नागराजले राजधानी बनाई राज्य विस्तार र एकिकरणको कम शुरुवात हुन्छ। यिनै नागराज वशिष्ठ ऋषि/महर्षिका सन्तानलाई आदिपुरुष मानेर घटनाक्रम समयसारिणी भूगोल, ऐतिहासिक अभिलेख र प्राप्त श्रोतलाई अध्ययन विश्लेषण गर्दा सूर्यवंशीय खरेल (षऱ्याल) समाजको जरा, भेद, यकिन हुन सक्ने महशुस गरी, यसको उत्पत्ती र चर्चा गर्न योग्य लाग्यो।
तिनै आदिपुरुष नागवंशीय प्रथम पुरुष नागराजका सन्तान र राज्य विस्तार क्रमलाई जोड्न गईरहेछु । प्रथम नागराज, ध्दि चाप, तू चापिमल्ल, चतुर्थ काभिचल, पंचमऋविचल, छैटौ क्राचल (१२६४ देखि १२८० वि.सं) ले कुमाउँगढ कब्जा गरेको बानेश्वर...
संस्थाः एक परिचय
हाम्रा अग्रज खरेल बन्धुहरुको आपसी सहकार्य एकता र समझदारीबाट मिति २०४८ सालमा पूर्वाल्वल वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समिति नामक संस्था दर्ता गराई गाउँ न.पा., क्षेत्र जिल्ला अञ्यल, देश-विदेशसम्म छरिएर रहेका सम्पूर्ण खरेल बन्धुहरुलाई एउटै एकताको सुत्रमा बाँध्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको संस्था हो। सर्व प्रथम यस संस्थालाई हालको अवस्थासम्म ल्याईपुऱ्याउनका लागि 'मार्गदर्शन' गराई दिनुहुने सम्पूर्ण अग्रज खरेल बन्धु महानुभावहरुलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु।
यी संस्था नेपालको पूर्वी भाग मेची अञ्चल झापा जिल्ला अन्तर्गत सुरुङ्गा-४, कोटीहोम स्थित कन्काई माइधारको किनारमा अवस्थित छ। २०४८ सालमा हाम्रा अग्रज पीडिहरुले जंङ्गल फडानी गरेर...
यो बंशावली प्रकाशन हुनुमा सानो कुरा नजान्दाको परिणाम हो। किनभने २०५७ सालमा जन्मदाता पिताको निधन हुँदा हिन्दु परम्परा र रीतिरीवाज अनुसार गरिने शुद्धीकार्यमा हाम्रा बाबु बराजेको नाम थाहा भएन। त्यही समयमा अरुलाई सोध्नु पर्दाको पिडा थाहा भयो। त्यसपछी यस्ता कुरा अति आवश्यक हुदोरहेछ भनेर स्व. प्रेमदास उप्रेतीज्यूले लेखेको बंशावली किताब ल्याई त्यसलाई ड्राफ बनाएर नामहरु लेखियो । त्यसैगरी अरुको नाम पनि लेख्ने कार्य सुरु भयो। पछि गएर अरु बन्धुलाई पनि यस्तै हुन सक्छ जस्तो लागेर यस खेखालाई किताब बनाउने लक्ष्य लिएर प्रत्येक बन्धुहरुको घरमा गएर नाम लेख्ने कार्य गरे। यही कार्यमा दार्जिलिङ, सिक्कीम, माधरी असमतिर हामी ३/४ जना गएका थियौ।...