हामीले मानिल्याएको चाड पर्वहरुः
(१) नववर्ष- वैशाख १ गते, (२) असार १५ दही चिउरा खाने, रोपाई गर्ने) (३) साउने संक्रान्ती, १ गते (४) जनाई पुर्णीमा-रक्षावन्धन (५) तिज, दर खाने, व्रत बस्ने (६) नौरथादेखि पूजाआजा, दशमीदेखि टिका पुर्णीमासम्म (७) तिहार-पञ्चक वा पाँच दिन, (८) दिवाली/कुल पूजा (९) माघे संक्रन्ती (१०) चैते दशै (रामनवमी)
कुलपूजा/दिवालीको विषयमा केही भन्न मन लाग्यो। हामीले परम्परा देखी गरी ल्याएको दिवाली प्रत्येक तीन वर्षको धान्यपुर्णीमा देखी पाँच दिन अघि पछि गरीने पूजा, यसमा बलीगर्ने परम्परा थियो । आज २१ औ शताब्दीमा हत्या, हिंसा गर्नु अपराध हो भन्ने मान्यता अनुसार कृतिले कोरीपूजा गर्न थाले, यो ठिक हो। तर आफु चाहिं मांसाहारी हुने "बलीपूजा गर्न हुन्न" यसो भन्नु चाहिं मलाई ठिक लागेन । साकाहारीले बलीपूजा गर्नु पनि ठिक हैन। यही कुलपूजा गर्नेहरुले सकेसम्म धेरै बन्धुहरु भेला भएर तीनवर्षमा १ पटक एकै ठाउमा भेटघाट, चिनजान गर्नु राम्रो होला जस्तो लाग्छ । डिल्लीराम, शिवप्रसाद (ठूलो अग्निप्रसाद, यमप्रसाद र कुलप्रसाद खरेलबाट झापा जिल्ला चारपाने गा.वि.स. चैतुवारीमा कुलपूजा गर्नका लागि ३ कट्ठा जग्गा उपलव्ध गराउनु भएको छ। अरु बन्धुहरुले यथासक्य चन्दा सहयोग गरेर मन्दिर निर्माण गर्ने निर्णय गरेका छौ। यसमा सम्भव भए सबै बन्धु भेला हुने वातावरण बनाउनु उपर्युक्त हुन्छ होला ।
बंशावली पुस्तक - २०६९
