सत्कार्यको लागी शुभकामना - यादव खरेल, कुमारीगाल (काठमाण्डौ)
सानो वट वृक्षले कालान्तर सँगै हुर्कदै, बढ्दै र झाङ्गिदै सहस्र पातहरु र हाँमा विगाहरु सहित विशाल रुप लिन्छ । मानिसको वंश पनि बट वृक्ष जस्तै हो ।
काभ्रेपलान्चोकमा थाक, थलो भएका रवि खरेलका सन्तानहरु विभिन्न महादेशसम्म पनि फैलिएका छन । मानिस जहाँ पुगेपनि, जे जस्तो व्यावसायमा लागे पनि, जुन अवस्थामा भएपनि सबैलाई आफ्नो अस्तित्व प्यारो हुन्छ । आफ्नो अस्तित्व र पहिचानको खोजिको क्रममा उत्पत्तिको जरो र एउटै वृक्षका विभिन्न हाँगाविगाहरुको अन्तरसम्वन्धलाई प्रस्ट्याउँदै आपसी सद्भाव कायम राख्ने कार्यमा बस प्रकाशनको अत्यन्त ठूलो महत्व छ ।
खरेल वंशावलीको प्रकाशनमा संलग्न व्यक्तिले सम्पूर्ण खरेल बन्धुहरुलाई ठूलो गुण लगाउनु भएको छ । सत्कार्यलाई सहस्र शुभकामदा र धन्यवाद ।
यादव खरेल
कुमारीगाल (काठमाण्डौ)
