बंशावली पुस्तक - २०६९ सम्बन्धी जानीराख्नु पर्ने कुरा

१.) यस बंशावलीमा पानको पात भित्र नाम लेखिएको छ। त्यसमा जोडेर राखेको पात श्रीमान श्रीमती हुन् । विवाह नगरेको भाइ वा दाजुलाई खुवाएर मात्र राखेको छ। छोरीलाई जोडेर राखेको छ ।

२.) एक परिवारमा मूलीको मात्र ठेगाना, पेज नं. पुर्खा नं, मो.नं. लेखिएको छ ।

3.) फोटो राख्दा मूलीबाट सुरु गरी मूलीको नाम, ठेगाना, पेज नं, पुर्खा नं मात्र लेखिएको छ । श्रीमती वा छोरा छोरीको मुनि मोबाइल नं लेखेको छ, अरु छोरा, छोरी, नाती नातीनीहरुको नाम मात्र लेखिएको छ।

४.) प्राय गरी एक परिवारको फोटो क्रमश एकै ठाउँमा राखिएको छ। पेज भित्र नआटेको मात्र अर्को पेजमा राखेको छ । हेरेर पहिचान गर्नुहोला ।

५.) आफनो नाम हेर्दा आफ्‌नो जेठो परिवारको नाममा ठेगाना लेखिएको छ। कहीं कतै अरु भाईको ठेगानामा पनि लेखिएको छ ।

६.) नामको अगाडी शून्य दिएको उसको छोरा छोरी छैनन् भन्ने संकेत हो ।

७.) आफ्‌नो छोरालाई बुवाको कोठाबाट अगाडी वा पछाडिबाट एरो दिइएको छ । आफ्‌नो छोरीलाई आमाको कोठाको अगाडी वा पछाडिबाट एरो दिइएको छ ।

८.) विषयसूचीमा आफ्‌नो नाम भेटिएन भने आफ्‌नो बडीबुवा, काका, दाजु, भाइको नाम हेरेर नाम पत्तालगाई हेर्नु होला ।

९.) यो वंशावली प्रकाशन गर्दा पू.व.आ.ख.प्र. समितिले आय-व्यय नव्यहोर्ने निर्णय गरेको छ ।