संस्थापक संरक्षक परमानन्द खरेलको शुभकामना सन्देश
श्री परमात्मने नमः श्री गणेशाय नमः परब्रह्मणे नमः श्री गुरवेनमः
ब्रह्माजीका मानसपुत्र भगवान वशिष्ठ, भगवान वशिष्ठ महर्षिमात्र होइन, ब्रह्मज्ञानी हुनुहुन्छ । ब्रह्मज्ञानी भगवान नै हो। उहाँको महिमा योग वशिष्ठ माहारामायणमा विशेष रुपले वर्णन भएको पाइन्छ। वहाँको पद सर्वोच्च हो। यस्तो महान वशिष्ठ गोत्रबाट प्रख्यात हाम्रा पुर्खा रवि उपाध्याय खरेलवाट पनि ४-५ पुस्तापछि परम्पुज्जनीय शैवेश्वर खरेल प्रसिद्ध हुनुभयो । उहाँको २ छोरा धर्मानन्द र शर्मानन्द यता पूर्वतिर आउनुभएका हाम्रा प्रातः स्मरणीय पिता "धर्मानन्दको वंशावली" हाम्रा आदरणीय भाञ्जा नानी प्रेमदास उप्रेतीले लेख्नुभएको थियो । सो मोटामोटी वंशावलीको आधारमा नै बिर्तामोड निवासी परमादरणीय चन्द्रप्रसाद खरेलज्यूले ठूलो मेहनत र परिश्रम गरेर यो विस्तृत वंशावली तयार गर्नु भयो, यसको निमित्त सम्पूर्ण खरेल बन्धुबाट वहाँ धन्यवादको पात्र हुनुहुन्छ । यस्तो कार्यमा अगाडि बढिरहने भगवानले वहाँलाई अरु प्रेरणा दिनुहोस् भनी कामना गर्छु ।
संस्थापक संरक्षक
परमानन्द खरेल
वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति, सुरुङ्गा झापा
